ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

१५ चैत-काठमाडौं, नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधिश आनन्द श्रेष्ठले दुवैजनालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन्।

यसअघि ओली र लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न १० दिनकाे समय मागेकाे थियाे ।

म्याद थपका लागि प्रहरीले पूर्वमन्त्री लेखकलाई अदालतमा उपस्थित गराएको थियो भने अस्पतालमा रहेका पूर्वप्रधानमन्त्री ओली भिडियो कन्फरेन्समार्फत बहसमा जोडिएका थिए । उनी त्रिवि शिक्षण अस्पतालमा छन् ।

जिल्ला अदालतमा भएको बहसमा सरकारी वकिलले ओली र लेखकलाई अनुसन्धानका लागि थुनामा राख्नुपर्ने बताएका छन् । ओली र लेखकको तर्फबाट बहस गरेका कानुन व्यवसायीले भने दुवै जनालाई थुनामा राख्न नहुने जिकिर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्