१४ चैत-काठमाडौं, पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउविरुद्ध प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ताहरूमाथि प्रहरीले लाठी प्रहार गरेको छ । माइतीघर, बबरमहल क्षेत्रमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्ज गरेको हो ।

प्रहरीको लाठी प्रहारले एमाले कार्यकर्ता युवराज ओलीसहित केही नेता–कार्यकर्ता घाइते भएका छन् । उनलाई तत्कालै नजिकै रहेको अन्नपूर्ण न्यूरो अस्पताल लगिएको एमाले नेता रामेश्वर फुयाँलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्