१३ चैत-काठमाडौं, नेपाली कांग्रेसका निवर्तमान सभापति शेर बहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री बालेन शाह(बालेन्द्र)लाई बधाई दिएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्रीमा नियुक्त भएका शाहलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।
साथै, उनले आजै नियुक्त भएका सबै मन्त्रिपरिषद्का सदस्यहरुलाई पनि बधाई दिएका छन् ।

उनले लेखेका छन्,‘राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । साथै, आजै नियुक्त हुनु भएका सबै मन्त्रिपरिषद्का सदस्यहरुलाई पनि बधाई तथा सफलताको शुभकामना ।’









प्रतिक्रिया दिनुहोस्