बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले के–के निर्णय गर्‍यो ?

१३ चैत-काठमाडौं,  नवनिर्मित मन्त्रिपरिषद्को पहिलो बैठकले गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले सरकारसमक्ष पेस गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ताको समेत जिम्मेवारी पाएका नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सो जानकारी गराएका हुन् ।

 

सरकारको पहिलो मन्त्रिपरिषद् बैठकका चार निर्णयहरुः

१. २०८२ भदौ २३ र २४ गते ज्यान गुमाएका ज्ञातअज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्ने ।

२. सरकारको प्रवक्तामा शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई तोक्ने ।

३. सरकारको शासकीय सुधारका लागि १०० कार्यसूची स्वीकृत गर्ने ।

४. भदौ २३ र २४ गते प्रदर्शनमा भएका घटनाहरुको जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकार समक्ष पेस गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न देहाय बमोजिम गर्ने ।

प्रतिक्रिया दिनुहोस्