इजरायलले इरानका उच्च सुरक्षा अधिकारी अली लाजिरानी मारिएको दाबी, लारिजानीको सामाजिक सञ्जालमा नोट सार्वजनिक

 ३ चैत – काठमाडौँ, इरानका उच्च सुरक्षा अधिकारी अली लाजिरानीको सामाजिक सञ्जाल अकाउन्टबाट एक हस्तलिखित नोट सार्वजनिक भएको छ

इजरायलले उनलाई हवाई आक्रमणमा मारिएको दाबी गरेको थियो । तर इरानी पक्षले अहिलेसम्म यसको आधिकारिक पुष्टि गरेको छैन । लारिजानीको ‘एक्स’ अकाउन्टमा प्रकाशित उक्त नोट इरानको सरकारी सञ्चारमाध्यमहरूले समेत सेयर गरेका छन् । उक्त सन्देश हालै अमेरिकी आक्रमणमा मारिएका इरानी नौसेनाका सदस्यहरूको सम्झनामा लेखिएको बताइएको छ ।

यी सेनाको अन्त्येष्टि समारोह मंगलबार नै आयोजना हुने अपेक्षा गरिएको छ । ‘इस्लामिक गणतन्त्र इरानका नौसेनाका बहादुर सदस्यहरूको अन्त्येष्टिको अवसरमा– उनीहरूको सम्झना सधैँ इरानी जनताको हृदयमा रहनेछ, र यी शहादतहरूले आगामी वर्षहरूमा सशस्त्र बलभित्र इस्लामिक गणतन्त्रको सेनालाई अझ सुदृढ बनाउनेछन् ।’ नोटमा लेखिएको छ । नोटमा लाजिरानील भगवानसँग ती शहीदहरूलाई उच्च स्थान प्रदान गर्न प्रार्थना गरेका छन् ।

उता इजरायली सञ्चारमाध्यमहरूले लाजिरानी आफ्नो छोरा सहित लुकेको अपार्टमेन्टमा आक्रमणको निशानामा परेको दाबी गरेका छन् । इजरायलका रक्षा मन्त्री इजरायल काट्जले लारिजानी मारिएको दाबी गर्दै आफू र प्रधानमन्त्रीले इरानका नेतृत्वविरुद्ध सैन्य कारबाहीलाई निरन्तरता दिन निर्देशन दिएको बताएका छन् । उनले इजरायली सेनालाई इरानी नेतृत्वलाई खोजी–खोजी कारबाही जारी राख्न आदेश दिइएको पनि उल्लेख गरेका छन् ।

लारिजानीलाई अन्तिम पटक गत शुक्रबार तेहरानमा आयोजित वार्षिक अल–कुद्स डे र्‍यालीमा देखिएको थियो । सो अवसरमा उनी अन्य वरिष्ठ इरानी अधिकारीहरूसँगै राजधानीको सडकमा मार्च गर्दै देखिएका थिए । त्यही कार्यक्रममा उनले इजरायल तथा उसका सहयोगीहरूमाथि कडा टिप्पणी गर्दै हालका आक्रमणहरू हतासा र डरको सङ्केत भएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्