२८ फागुन – काठमाडौं, प्रतिनिधिसभा निर्वाचनपछि उम्मेदवारहरूले आफ्नो चुनावी खर्च विवरण बुझाउने क्रम चलिरहेका बेला एक स्वतन्त्र उम्मेदवारको खर्च विवरणले चर्चा पाएको छ।
कैलाली क्षेत्र नम्बर–२ बाट स्वतन्त्र उम्मेदवारी दिएका दीपक रावलले निर्वाचनमा जम्मा १६ मत प्राप्त गरेका छन्। तर उनले निर्वाचन अवधिभर करिब २ लाख ३६ हजार रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन्।

उनले बुझाएको विवरणमा विभिन्न शीर्षकसहित ‘थकान मेटाउने खर्च’ पनि उल्लेख गरिएको छ। सो शीर्षकअन्तर्गत भोड्का तथा स्थानीय मदिरा खरिदमा करिब ४५ हजार रुपैयाँ खर्च भएको देखाइएको छ।
त्यसैगरी उनले सवारीसाधन तथा इन्धन, प्रचार सामग्री छपाइ, घरदैलो कार्यक्रममा खाना–खाजा, मिडिया खर्च लगायत विभिन्न शीर्षकमा रकम खर्च भएको उल्लेख गरेका छन्।
प्रतिक्रिया दिनुहोस्