२३ फागुन-काठमाडौ, तनहुँ-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्ले निर्वाचित भएका छन् । उनले नेपाली काङ्ग्रेसका उम्मेद्वार गोविन्द भट्टराईलाई पराजित गरेका हुन् ।

वाग्लेले ३८ हजार ४० मत पाएका छन् भने भट्टराईले १६ हजार २३१ मत पाए । तेस्रो भएकी एमालेकी भगवती न्यौपानेले ५ हजार ८३० मत पाएकी हुन् ।
प्रतिक्रिया दिनुहोस्