जेनजी आन्दोलनमा फरारसहित चारजना पक्राउ

१९ फागुन- काठमाडौँ, सशस्त्र प्रहरीले भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीबाट जेनजी आन्दोलनका क्रममा फरार व्यक्तिसहित चारजना व्यक्ति पक्राउ गरेको छ। । पक्राउ पर्नेमा सुनसरी जिल्ला धरान उपमहानगरपालिका–१३ बस्ने ३३ वर्षीय सुनील थापा छन् । उनी लागुऔषध कारोबार मुद्दामा कैदा भुक्तानी गरिरहेका थिए ।

उनीसँगै लागुऔषध कारोबारमा संलग्न भक्तपुर जिल्ला लोकन्थलीका ३३ वर्षीय आशिष पाण्डे, इमाडोलका २१ वर्षिया राशि गौतम र काठमाडौं नक्सालका २१ वर्षीय युनिक पोखरेल पनि पक्राउ परेका छन् ।

चारैजनालाईसशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले मंगलबार दिउँसो पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीले उनीहरूको साथबाट १५ ग्राम लागूऔषध ब्राउन सुगर र ५० वटा ट्याब्लेटसमेत बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्