सिंहदरबार जलाएको आरोपमा पक्राउ परेका महेन्द्र गौतमलाई उन्मुक्ति दिने निर्णय

११ फागुन- काठमाडौं,  जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंले सिंहदरबारमा आगजनी गरेको आरोपमा पक्राउ परेका महेन्द्र गौतमलाई उन्मुक्ति दिने निर्णय गरेको छ ।

भदौ २४ गते प्रदर्शनमा सिंहदरबार जलाएको र आगजनी गर्न भीडलाई उत्तेजित बनाएका ३६ वर्षीय गौतमलाई ५ महिनाको खोजीपश्चात २२ माघमा चितवनबाट पक्रेर काठमाडौं ल्याइएको थियो । तर प्रधानमन्त्री सुशीला कार्कीकी कानुनी सल्लाहकार, महान्यायाधिवक्ता सविता भण्डारीको आदेशानुसार गौतमविरुद्ध मुद्दा नचलाउने निर्णय भएको बुझिएको छ ।

चितवनको खैरहनी नगरपालिका–९ घर भई काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्ने गौतमलाई भिडियोको आधारमा प्रहरीले पक्राउ गरेको थियो । गौतमले भिडियोमा भनेका थिए, ‘सिंहदरबारको गेट तोडेरभित्र पसेर गृह मन्त्रालयदेखि सबै कार्यालयमा आगो लगाई भ्याइसक्यौं ।’

प्रतिक्रिया दिनुहोस्