१६ माघ-धनकुटा, छथर जोरपाटी गाउँपालिका–२ र धनकुटा नगरपालिका–१ को सिमाना पर्ने त्रिशुलेमा को १ ख ५१०५ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको हो ।
तेह्रथुमबाट धरानतर्फ जाँदै गरेको को १ ख ५१०५ नम्बरको बस त्रिशुलेमा आइपुगेपछि अनियन्त्रित भएर सडकबाट करिब ७ मिटर तल पल्टिएर दुर्घटना भएको हो ।

सो दुर्घटनामा घाइते भएकाहरू हिले उज्यालो सामुदायिक पोलिक्लिनिकमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार सो बसमा सवार १५ जना थिए । बस चालक सुनसरीको धरान उपमहानगरपालिका–७ का विष्णु थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी हिलेले चालक थापालाई नियन्त्रण रहेर अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्