१६ माघ -ललितपुर, गोदावरी नगरपालिका–७ देवीचौर बस्ने उनले चिर्पटले श्रीमतीलाई हानेर हत्या गरी टिकाभैरव प्रहरी चौकी पुगेर आत्मसमर्पण गरेको छन। ललितपुरका २० वर्षीय विनोद पाख्रिन श्रीमतीको हत्या गरेर आफैँ प्रहरी कार्यालय गएर आत्मसमर्पण गरेका हुन।

प्रहरीका अनुसार रक्सी खाएर घर गएका उनले २३ वर्षीया कोपिला पाख्रिनसँगको विवादमा चिर्पटले हानेर हत्या गरेपछि श्रीमतीको शव खाटमा सुताएर प्रहरी कार्यालय पुगेका थिए। उनी प्रहरी कार्यालय पुगेर श्रीमती मारेर आएको भनेपछि प्रहरीले नियन्त्रणमा लिएर उनको कोठामा पुगेका थिए। कोठाको खाटमा श्रीमतीको शव थियो।
दुवै जनाले रक्सी खाएपछि भएको विवादमा उनले आवेगमा आएर श्रीमतीलाई चिर्पटले हानेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
प्रतिक्रिया दिनुहोस्