१५ माघ-काठमाडौं , नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य ह्वात्तै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामै २० हजार ५०० रुपैयाँले बढेको छ । योसँगै सुनको मूल्य प्रतितोला तीन लाख ३९ हजार ३०० रुपैयाँ पुगेको महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो । हिजो बुधबार सुन प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँ थियो ।
त्यसैगरी, चाँदीको मूल्य तोलामा २०५ रुपैयाँले बढेर सात हजार ५०५ रुपैयाँ पुगेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला सात हजार ३०० रुपैयाँ थियो ।
प्रतिक्रिया दिनुहोस्