१३ माघ-काठमाडौं, संरक्षित वन्यजन्तु जीवित कछुवा खरिद बिक्री गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-३ धोबीघाट बस्ने चितवन भरतपुर महानगरपालिका-१६ घर भएका १९ वर्षीय रोहिम तिवारीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

अवैध रूपमा संरक्षित वन्यजन्तु जीवित कछुवा ओसारपसार गरी खरिद बिक्री गर्न बोकी हिँडेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-३ धोबीघाट पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट ६ वटा जीवित कछुवा समेत बरामद गरेको छ ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुरमा बुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस्