८ माघ – काठमाडौं, जेनजी आन्दोनलका क्रममा घटेका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगको म्याद थप गरिएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद २० दिन थपेको हो । योसँगै आयोगको म्याद दोस्रो पटक थपिएको हो ।

यसअघि एक महिनाका लागि जाँचबुझ आयोगको समय थपिएको थियो।
प्रतिवेदन लेखनको काम बाँकी रहेकाले म्याद थप गरिएको जानकारी दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्