८ माघ- काठमाडौं, आज बिहीबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से ९.२३ अंकले बढेको हो ।

सामान्य वृद्धि भएको नेप्से आज २ हजार ७१४.६१ विन्दुमा पुगेर रोकिएको छ । यस दिन फ्लोट इण्डेक्स ०.६६ अंकले बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१४ अंकले घटेका छन् ।
नेप्सेसँगै यस दिन कारोबार रकममा पनि वृद्धि देखिएको छ । बिहीबार ३३२ स्टकको ९४ हजार १७४ पटकको कारोबारमार्फत ९ अर्ब ७ करोड ३९ लाख ७८ हजार रुपैयाँ बराबरको १ करोड ९० लाख ७५ हजार कित्ता सेयर किनबेच भएको छ ।
प्रतिक्रिया दिनुहोस्