७ माघ -भारत, प्रयागराजमा वायुसेनाको एक प्रशिक्षण विमान दुर्घटनाग्रस्त भएको छ । बीबीसी हिन्दीका अनुसार वायुसेनाको उक्त विमान दुर्घटनाग्रस्त भएर पोखरीमा खसेको हो ।

तस्वीरहरूमा विमान पोखरीमा खसेको देखिन्छ र विमानको केही भाग पानीमुनि पनि छ । समाचार एजेन्सी एएनआईको एउटा भिडियोमा दुर्घटना स्थल वरिपरि ठूलो संख्यामा स्थानीय मानिसहरू उपस्थित रहेको देखिन्छ ।
पीआरओ डिफेन्स विंग कमान्डर देबार्थो धरले दुई चालक दलका सदस्यहरू सुरक्षित रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्