बालेनले राजिनामा नदिने भएका छन

४ माघ-काठमाडौँ, बालेन साहले मेयरको पदबाट राजीनामा नदिने भएका छन् ।

६ गते मनोनयन दर्ता गराएपछि मेयर पद स्वतः निष्क्रिय हुने भएकाले तत्काल उनले राजीनामा नदिने भएका छन।


प्रतिनिधिसभा निर्वाचनमा भाग लिन लागेका बालेनले आज राजीनामा दिने भनिएको थियो । उनले उपप्रमुख सुनिता डंगोललाई राजीनामा बुझाउने तयारी गरेका पनि थिए ।

तर, नेपाली काँग्रेसको विभाजनले उत्पन्न गरेको परिस्थितिमा निर्वाचन तालिका प्रभावित हुनसक्ने आशंकामा राजीनामा नगर्ने रणनीति बनाइएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्