निवार्चन आयोगले गर्यो गगन थापा पक्षलाई कांग्रेसको आधिकारीक मान्यता दिने निर्णय

२ माघ – काठमाडौं,  निर्वाचन आयोगले काँग्रेसको मान्यता गगनकुमार थापा पक्षलाई दिएको छ ।

आज बसेको आयोगको बैठकले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै थापा पक्षलाई मान्यता दिने निर्णय गरेको हो ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र जानकी तुलाधारले पक्षमा निर्णय दिएका हुन् भने सगुनशमशेर राणाले भने फरक मत राखेका थिए ।

आयोगको निर्णयसँगै अब नेपाली काँग्रेसको आधिकारीक नाम, चुनाव चिन्ह थापा पक्षको भएको हो ।

प्रतिक्रिया दिनुहोस्