३० पुष- काठमाडौं, गगनकुमार थापाले कांग्रेस पार्टी कसैको निजी कम्पनी नभएको स्पष्ट पारेका छन्। देउवा पक्षबाट कारबाहीमा परेपछि उनले यस्तो भनेका हुन ।

उनले भने, ‘हामीलाई कारबाही गरेको सुनेका छौं। यो पार्टी कसैको प्राइभेट कम्पनी होइन । ९ कक्षामा पढ्दै थिएँ, जतिबेला म कांग्रेस भएको थिएँ । २०४६ को आन्दोलनमा सहभागी भएको थिएँ । २०६२र०६३ मा त आन्दोलनको नेतृत्व गरेको थिएँ । कसैले हटायौं भनेर हट्ने होइन ।’
प्रतिक्रिया दिनुहोस्