शेयर बजार आज समान्य वृद्धि

३० पुष – काठमाडौं, आज महिनाको अन्तिम दिन बुधबार नेप्से सामान्य अंक बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १.५२ अंक बढेर २६४१.४३ विन्दुमा पुगेको छ । यस दिन फ्लोट इण्डेक्स स्थिर रहेको छ भने सेन्सेटिभ इण्डेक्स ०.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०७ अंक घटेको छ ।

 


मंगलबार ६ अर्ब ९९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२० स्टकको ७२ हजार ६७१ पटकको कारोबारमा ६ अर्ब २० करोड ९४ लाख ३८ हजार रुपैयाँबराबरको १ करोड २५ लाख ४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्