२९ पुष -काठमाडौं, आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक बढेको छ । अघिल्लो कारोबार दिन सोमबार सामान्य अंकले घटेको नेप्से मंगलबारको बजारमा भने ४.९० अंकले बढ्दै २६३९.९१ विन्दुमा पुगेको हो ।

आजको दिन सेन्सेटिभ इण्डेक्स ०.५४ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंकले उकालो लागेको छ । नेप्सेसँगै आज कारोबार रकममा पनि सुधार देखिएको छ ।
सोमबार ६ अर्ब ४७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा मंगलबार ३४९ स्टकको ७७ हजार १७ पटकको कारोबारमार्फत ६ अर्ब ९९ करोड ४ लाख ८४ हजार रुपैयाँ बराबरको १ करोड ३६ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
प्रतिक्रिया दिनुहोस्