पठाओका सञ्चालक काठमाडौं–१ बाट चुनाव लड्ने

२७ पुष- काठमाडौं, पठाओ नेपालका सञ्चालक असिममान सिंह बस्नेतले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत बस्नेतले उद्यमीको रूपमा नेपालमै बसेर केही बनाउने क्रममा भोगेका अनुभवहरूले आफूलाई राजनीतिक जिम्मेवारीतर्फ अग्रसर गराएको बताएका छन् ।

 

पहिलो, उद्यमशीलता र स्टार्टअपलाई प्रोत्साहन तथा समर्थन गर्ने नीतिगत व्यवस्था, युवाहरूले नेपालमै सपना देख्न र त्यसलाई कार्यान्वयन गर्न सक्ने वातावरण निर्माण गर्ने उनको प्रतिबद्धता छ ।

दोस्रो एजेन्डाका रूपमा उनले जवाफदेहिता र सुशासनलाई अघि सारेका छन् । ‘काम गर्नेले जवाफ दिनुपर्छ, निर्णय गर्नेले जिम्मेवारी लिनुपर्छ,’ भन्दै उनले यसलाई सुशासनको आधारका रूपमा व्याख्या गरे ।

तेस्रो एजेन्डा अनुभव र नयाँ पुस्ताबीच सेतु निर्माण गर्ने रहेको उनले बताए । अनुभवी पुस्ता र युवाबीच संवाद, मार्गदर्शन र सहकार्यको संस्कृति विकास गरी समाजलाई एकजुट बनाउने लक्ष्य रहेको उनको भनाइ छ ।

बस्नेतले यो यात्रा एक्लै सम्भव नभएको उल्लेख गर्दै आम नागरिकको साथ, सुझाव, आलोचना र सहभागिताको आह्वान गरेका छन् । ‘

 

प्रतिक्रिया दिनुहोस्