२२ पुष- काठमाडौं, मंगलबार शेयर बजार परिसूचक नेप्से बढेर बन्द भएको छ ।

आज मंगलबार नेप्से परिसूचक ९.९३ अंकले बढेर २६४९.३० विन्दुमा पुगेको हो ।
आज सेन्सेटिभ इण्डेक्स २.३१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७९ अंकले उकालो लागेको छ ।
नेप्सेसँगै मंगलबार कारोबार रकम पनि बढेको छ । आज मंगलबार ३३४ वटा स्टकको ८८ हजार ३६२ पटकको कारोबारमार्फत ७ अर्ब १२ करोड ३३ लाख ६५ हजार रुपैयाँ बराबरको १ करोड ४८ लाख ३१ हजार कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया दिनुहोस्