आरजु राणा भारतको राजधानी नयाँ दिल्ली पुगीन

२१ पुष- काठमाडौं,  नेपाली कांग्रेसकी नेतृ एवं पूर्वपरराष्ट्रमन्त्री आरजु राणा भारतको राजधानी नयाँ दिल्ली पुगेकी छिन् । कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले आरजु उपचारको फलोअपको लागि दिल्ली गएको जानकारी दिए ।

‘उहाँ उपचारको फलोअपको लागि सोमबार दिउँसो दिल्ली जानुभएको हो,’ भानुले भने, ‘केही दिनमा फर्किनुहुन्छ ।’

नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पनि यतिखेर दिल्लीमै छन् । उनी आइतबार साँझ दिल्ली पुगेका थिए । प्रचण्ड र आरजु दुवैको भ्रमण राजनीतिक नभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्