११ पुष- काठमाडौं, नेपाल सरकारको परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त भएका छन् ।

आज प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी हुन् । यसैबीच शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ पनि लिएका छन् ।
नवनियुक्त मन्त्री शर्माले आजै पदभार ग्रहण गर्दैछन् ।
नेपाली सेनाका पूर्वरथी तथा माओवादी लडाकु समायोजन समितिमा काम गरिसकेका शर्मालाई कार्कीले मन्त्री नियुक्त गरेकी हुन् ।
प्रतिक्रिया दिनुहोस्