६ पुष-खोटाङ, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-९ सिगाने बस्ने ५८ वर्षीय पदम रोक्काको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५० वर्षीय दिल कुमार भुजेललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

वादविवादको क्रममा दिल कुमारले कुटपिट गर्दा पदमको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी निर्मलीडाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया दिनुहोस्