शेयर बजार आज दोहोरो अंकले बढ्यो

१ पुष- काठमाडौँ, आज सेयर बजार दोहोरो अंकले बढेको छ । मंगलबार बजार परिसूचक १८.३७ अंकले बढेको हो ।


आजको परिसूचक २६१९.९९ अंकको रहेको छ । आज ३ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

साथै आज २५९ कम्पनीको सेयर कारोबार भएकोमा १८७ कम्पनीको मूल्य बढेको छ । ६१ कम्पनीको मूल्य घट्दा ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्