आज नेप्सेमा सामान्य अंकले वृद्धिभएपनि कारोबार रकम घट्यो

२९ मंसिर -काठमाडौं, सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ।

आज शेयर बजार ६.७४ अंकले बढ्दै २६०१.६१ विन्दुमा पुगेको छ।

आजको दिन सेन्सेटिभ इण्डेक्स २.०१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७८ अंकले उकालो लागेको छ ।
सोमबार ३२९ स्टकको ५६ हजार १२२ पटकको कारोबारमार्फत ३ अर्ब ४४ करोड १९ लाख ३ हजार रुपैयाँबराबरको ७७ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्