आज शेयर बजार १.६६ अंकले घट्यो

२५ मंसिर -काठमाडौं, आज शेयर बजारको साताको अन्तिम दिनको कारावार आज झिनो अंकले घटेको छ ।

 

नेप्सेका अनुसार आज बजार १.६६ अंकले घटेको हो । नेप्से परिसूचक आज २६०७.३७ अंकमा झरेको छ ।

आज ३२६ कम्पनीका ७७ लाख ६८ हजार ६ सय १ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड ७९ लाख ७९ हजार ७ सय ५६.५७ रुपियाँ बराबरको कारोबार भएको छ ।

समग्रमा बजार घटे पनि बैंकिङ, जीवन बीमा, उत्पादनमूलक, लघुवित्त र अन्य समूहमा हरियाली छाएको छ भने बाँकी अरु समूह राताम्मे भएका छन् ।

प्रतिक्रिया दिनुहोस्