नक्कली नोट सहित एक जना पक्राउ

२५ मंसिर – सर्लाही, बिष्णु गाउँपालिका-६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोट सहित कौडेना गाउँपालिका-५ छपकैया बस्ने ३० वर्षीय फिरोज खानलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

 

इलाका प्रहरी कार्यालय सिमरा फेन्हाराबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकलमा सवार उनलाई उक्त नोट सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्