भालुको आक्रमणमा परी तीन जना घाइते

७ मंसिर- काठमाडौँ, भालुको आक्रमणमा परी तीन जना घाइते भएका छन् । घटना आज बिहान सिमकोट गाउँपालिका–५ को सिममा भएको हो ।

स्थानीय ५९ वर्षीय लक्ष्य रावत, उहाँकी ५५ वर्षीया श्रीमती बाँचु रावत र सिमकोट बस्दै आउनुभएकी सर्केगाड गाउँपालिका–१ जैरगाउँकी ३८ वर्षीया रजनी रावत घाइते भएका हुन् ।आज बिहान करिब ६ः१० बजे सिम क्षेत्रमा घाँस काटिरहेका बेला अचानक जङ्गली भालुको उनिहरु आक्रमणमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको द्ध । आक्रमणबाट लक्ष्य र उनकी श्रीमतीको टाउकामा चोट लागेको छ भने रजनीको खुट्टा र ढाडमा सामान्य चोट लागेको छ ।

घाइते तीनै जनालाई स्थानीयको सहयोगमा उद्धार गरी तत्काल जिल्ला अस्पताल सिमकोट पु¥याइएको जछ । अहिले घाइतेको उपचार भइरहेको छ । लक्ष्य र बाँचुको अवस्था गम्भीर छ भने रजनीको अवस्था खतरामुक्त छ ।

प्रतिक्रिया दिनुहोस्