७ मंसिर- धनुषा, कारको ठक्करबाट श्रीमतीको घटनास्थलमै मृत्यु भएको छ भने श्रीमान गम्भीर घाइते भएका छन्।
मिथिला नगरपालिका वडा नं १ की ५५ वर्षीया सुमित्रादेवी महतोको उक्त कारको ठक्करबाट मृत्यु भएको छ । दुर्घटनामा उनका श्रीमान ६० वर्षीय राजकुमार महतो गम्भीर घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आइतबार बिहान मिथिला नगरपालिका वडा नं २ नकटाझिजस्थित जनकपुरबाट ढल्केवरतर्फ गइरहेको बागमती प्रदेश ०१-०३१च २०३६ नम्बरको कारले साइकलमा सवार दम्पत्तिलाई ठक्कर दिएको थियो ।ठक्कर दिने कार र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्