पाकिस्तानमा रासायनिक कारखानामा दुर्घटनाहुँदा कम्तीमा १५ जनाको मृत्यु

५ मंसिर- पाकिस्तान, एउटा रासायनिक कारखानामा दुर्घटनाहुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । घटना पाकिस्तानको पन्जाब प्रान्तको फैसलावाद सहरको मलिकपुर क्षेत्रमा रहेको एक रासायनिक कारखानामा ग्यास विस्फोट भएको हो ।

 

विस्फोट बिहानै भएको जानकारी आएको छ। विस्फोटका कारण कारखानामा आगो लागेको र भत्किएको बताइएको छ । विस्फोटले नजिकैका केही घरहरूलाई पनि क्षति पुर्याएको छ ।


मृतकमध्ये अधिकांश कारखानामा काम गर्ने कामदार रहेका छन् । सुरुमा मृत्यु हुनेको सङ्ख्या ४ देखि १० जनाको बिचमा रहेको बताइएको थियो । तर अब यो बढेर १५ जनामा पुगेको छ । कयौँ कामदार गम्भीर घाइते भएकोले मृत्यु हुनेको सङ्ख्या अझै बढ्ने आशङ्का गरिएको छ । घाइते १० जनाको अस्पतालमा उपचारका लागि लगिएको र यी मध्ये ३ जनालाई प्राथमिक उपचार पछि डिस्चार्ज गरिएको बताइएको छ ।

घटनाबारे छानबिन सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्