५ मंसिर-काठमाडौं, काडमाडौं जिल्ला अदालतले बुधबार गायिका नीतु पौडेलको आत्मदाह प्रकरणमा पक्राउ परेका गायक धनराज बहादुर (बाबुलु) गिरीलाई ३ लाख रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।अदालतको आदेश आएसँगै उनलाई रिहा गरिएको छ।

कात्तिक १ गते अनामनगरस्थित गिरीको स्टुडियोमा नीतुले शरीरमा पेट्रोल छर्केकी थिइन्।उनको उपचार क्रममा बर्न अस्पताल कीर्तिपुरमा कात्तिक ७ गते मृत्यु भएको हो।
प्रतिक्रिया दिनुहोस्