५ मंसिर- नवलपुर, बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घटना नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० को मध्यविन्दुमा भएको हो ।

नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख २८४५ नम्बरको बस आज ९मंसिर ५० मध्यविन्दु–८ खजुरी खोलामा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका सबैको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ ।
प्रहरी चौकी तम्सरियाबाट खटिएको टोलीले घाइतेको उद्धार गरेको थियो । बस अनियन्त्रित भइ दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
-रासस
प्रतिक्रिया दिनुहोस्