आज एनपीएल क्रिकेटमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

५ मंसिर- काठमाडौं, नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेट खेलमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै छन।

अपरान्ह ४ बजेदेखि त्रिवि क्रिकेट रंगशालामा खेल सुरु हुनेछ । पोखराको कप्तान कुशल भुर्तेल छन् भने सुदूरपश्चिमको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् ।पोखरा पहिलो खेलमा विराटनगर किङ्ससँग पराजित भएको थियो भने सुदूरपश्चिमले काठमान्डु गोर्खाजलाई हराएको थियो ।

 

पहिलो हारपछि पोखरा कमब्याकको लक्ष्यमा हुनेछ भने सुदूरपश्चिम जितको लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्