४ मंसिर- सल्यान, ट्र्याक्टर दुर्घटनामा चालकको घटनास्थलमै मृ’त्यु भएको छ। दुर्घटना बुधबार राति साढे ८ बजेतिर भएको हो ।
उक्त दुर्घटनामा छत्रेश्वरी गाउँपालिका–६ का २५ वर्षीय चालक देबेवेन्द्र सिंहको मृ’त्यु भएको हो। लेखपोखराबाट लान्टीतर्फ जाँदै गरेको रा १ त २४३८ नम्बरको खाली ट्र्याक्टर अनियन्त्रित भई छत्रेश्वरी–५ कोलचौरस्थित भित्री कच्ची सडक खण्ड दुर्घटनामा परेको थियो।

जिल्ला प्रहरी कार्यालय सल्यानको सूचना शाखाका अनुसार ट्र्याक्टर १५ मिटर जति तल खसेको थियो। ट्र्याक्टरको ट्रलीले च्यापेको हुँदा चालकको घटनास्थलमै मृ’त्यु भएको अवस्थामा शव निकालिएको प्रहरीले जानकारी दिएको छ।
चालकको शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल खलंगामा पठाइएको छ।
प्रतिक्रिया दिनुहोस्