३० कार्तिक- मकवानपुर, मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । घटना मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा पर्ने बुङ्दल खोला पुलमा आइतबार बिहान ७ बजे भएको हो ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार बा प्र०३–००५ प ७९८० नम्बरको मोटरसाइकल पुलकनठ बुङ्दलखोलाबाट ५० फिट तल खस्दा मोटसाइकल चालक हेटौँडा उपमहानगरपालिका–२ चौकी टोल निवासी ३९ वर्षीय वीरबहादुर गुरुङ र पछाडि सवार पूर्वी नवलपरासी कावासोती नगरपालिका–१३ घर भई हेटौँडा उपमहानगरपालिका–२ बस्ने ३५ वर्षीय चन्द्रबहादुर गुरुङको मृत्यु भएको हो।
मृतक दुवै जनाको शव परीक्षणका लागि हेटौँडा अस्पताल लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्