१५ असोज- इन्डोनेसिया, इस्लामिक बोर्डिङ विद्यालय ढल्दा कम्तीमा ९१ जनाको ज्या’न गएको छ । घटना इन्डोनेसियाको मुख्य टापु जाभामा अवस्थित सिडोआरजो सहरमा भएको हो ।
उक्त भवनमा अझै धेरै जना भग्नावशेषमुनि फसेको आशङ्का गरिएको छ र उद्धार टोलीहरू बाँचेका व्यक्तिहरूको खोजीमा अहोरात्र खटिएका छन् । उक्त विद्यालय सोमबार दिउँसो विद्यार्थीहरू प्रार्थनाका लागि भेला भएका समयमा एक्कासि भत्किएको थियो । यसअघि प्रारम्भिक जानकारीअनुसार तीन जनाको मृ’त्यु भएको र ३८ जना बेपत्ता रहेको पुष्टि भएको थियो । तर पछिल्लो विवरणअनुसार मृ’त्यु हुनेहरूको सङ्ख्या ठूलो मात्रामा बढेको छ ।
बुधबार बिहानदेखि दर्जनौँ अभिभावकहरू ढलेको विद्यालयको भग्नावशेष नजिकै बस्दै आएका छन । उद्धार टोलीले भारी मेसिनरी र हातैले भग्नावशेष हटाउँदै बाँचेका व्यक्तिहरूलाई जीवितै निकाल्ने प्रयासलाई निरन्तरता दिइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्