ढिस्कोले पुरिएर महोत्तरीमा चार जनाको मृ’त्यु

१५ असोज- महोत्तरी, ढिस्कोले पुरिएर चार जनाको मृ’त्यु भएको छ । घटना महोत्तरी जिल्लाको हरिपुवामा भएका हो ।

 

हरिपुवा नगरपालिका-१ हर्दी खोला किनारमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर महोत्तरीको सोनमा गाउँपालिका-६, मगरथानाकी ६५ वर्षकी सायदा खातुन, छ वर्षकी सविवा खातुन, आठ वर्षका डिल्लु मन्सुर र नौ वर्षकी नर्गिस खातुनको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएका छन।

ढिस्कोले पुरिएका उनीहरूलाई तत्काल उद्धार गरी स्थानीयले प्रादेशिक अस्पताल मलङ्गवा पु¥याएको थियो । अस्पताल पु¥याउनेबित्तिकै चिकित्सकले उनीहरुलाई मृ’त घोषणा गरेको हो।

प्रतिक्रिया दिनुहोस्