बलेरो पिकअप सुनकोसीमा खस्दा चालक सहित १३ जना घाइते

१३ असोज- काभ्रेपलाञ्चोक, बलेरो पिकअप सुनकोसीमा खस्दा चालक सहित १३ जना घाइते भएका छन् । गाडी काठमाडौंबाट सिन्धुलीको गोलन्जर जाँदै गरेको थियो ।

 

सुनकोशी गाउँपालिका ६ मरिण डाईभर्सन नजिकै बा २० च ९३१ नम्बरको बलेरो पिकअप बीपी राजमार्गबाट सुनकोसी नदिमा खस्दा चालक सहित १३ जना घाइते भएका थिए । पिकअपमा १९ जना यात्रु सवार थिए । घाइतेको सुनकोसी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भैरहेको छ । दुर्घटनामा घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ भने ४ जनाको अवस्था मध्यम तथा अन्यको सामान्य रहेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार घाइते हुनेहरूमा गोलन्जर गाउँपालिकाका २३ वर्षीया प्रेम मगरको टाँउकोमा चोट लागेको छ । उनको अवस्था गम्भिर रहेको प्रहरीको भनाइ छ । घाइते सबै एकै वडाका परिवारभित्रका छन् । चालक बर्ष २६ को ओम बहादुर रानाको दुवै खुट्टाको घुडामा सामान्य चोट लागेको र उनको प्रहरीको नियन्त्रणमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्