कञ्चनपुरमा १५० छाउगोठ भत्काइए

१३ असोज- कञ्चनपुर, हालसम्म कञ्चनपुरका दुई पालिकामा १५० छाउगोठ भत्काइएका छन्।

बेदकोट नगरपालिकामा २३ र कृष्णपुर नगरपालिकामा १२७ छाउगोठ भत्काइएका छन। प्रहरी, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय पालिकाको समन्वयमा संयुक्त रूपमा छाउगोठ भत्काइएको छ। कृष्णपुर–१ निगालीकी करिब ३२ वर्षीया कमला आउजीको असार अन्तिम साता छाउगोठमै सर्पले टोकेर मृत्यु भएपछि पालिकाले तत्काल अभियान सुरु गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्