सुमो दुर्घटनामा सात जना घाइते

१३ असोज- खोटाङ, सुमो दुर्घटनामा सात जना घाइते भएका छन्। घटना आज सोमबार बिहान भएको हो । काठमाडौंबाट दिक्तेलतर्फ जाँदैं गरेको ना १ ज ६०९४ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको हो ।


सुमो हलेसी तुवाचुङ नगरपालिका-१०, बिजुलेस्थित मध्यपहाडी लोकमार्गमा बिहान ९:१० बजे दुर्घटना भएको हो । सुमोमा चालकसहित १३ जना यात्रु सवार थिए। घाइते सातै जनाको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते हुनेहरुमा सोलुखुम्बु महाकुलुङ गाउँपालिका-५ का ४७ वर्षीय खडक नारायण राई, काठमाडौं बस्ने ३२ वर्षीया मिस्मा राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका ३२ वर्षीय देबराज घिमिरे, दिप्रुङ चुइचुम्मा गाउँपालिका-५ की २६ वर्षीया कुसुम राई, दिक्तेलकी १९ वर्षीया रुमिका राई, दिप्रुङ चुइचुम्मा गाउँपालिका-७ का पायल राई र सलिना राई रहेका छन्।

प्रतिक्रिया दिनुहोस्