तार जोडने बेला करेन्ट लागेर श्रीमान-श्रीमतीको मृ’त्यु

८ असोज -रूपन्देही, करेन्ट लागेर श्रीमान-श्रीमतीको मृ’त्यु भएको छ। घटना रूपन्देहीको गैंडहवामा भएको हो ।

 

गैंडहवा गाउँपालिका वडा नं. ६ कानिजवा निवासी ७५ वर्षीय रामरतन सैठवार र र उनकी श्रीमती ६८ वर्षीय अकाली सिंह सैठवारको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहान ह्याण्डपाइपबाट पानी तान्न भन्दै पावर सकेटमा मोटरको तार जोड्दा अकाली सिंहलाई करेन्ट लागेको थियो। श्रीमतीलाई करेन्ट लागेको देखेपछि छुटाउन गएका रामरतनलाई पनि सोही करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

 

प्रहरीका अनुसार मोटरमा रहेको तारमा पावर सकेटमा जोड्ने टुपिन नभएकाले नाङ्गो तार जोड्ने क्रममा उनिहरुलाई करेन्ट लागेको हो।करेन्ट लागेर मृत्यु भएका दुवैको शव अहिले पोस्टमर्टमका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्