जेनजी समूहको आगजनीमा जलेर गम्भीर घाइते भएकी एक महिलाको मृत्यु

७ असोज- वीरगन्ज, भदौ २४ गते जेनजी समूहको आन्दोलनका क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटाको घरमा गरेको आगजनीमा जलेर गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

रुंगटाको घरमा घरेलु कामदारका रुपमा कार्यरत पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ की ४५ वर्षीया सोशीलादेवी हजाराको उपचारका क्रममा सोमबार मृत्यु भएको हो । उनजको काठमाडौंको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा सोमबार बिहान १०:२२ बजे उनको मृत्यु भएको छ । घरको तेस्रो तल्लाको छतमा रहेकी हजारा र अर्का एक युवकलाई जलेर गम्भीर भएको अवस्थामा महानगरपालिकाको वारुण यन्त्रको भर्‍याङको सहयताबाट उद्दार गरिएको थियो ।

 

गम्भीर घाइते हजरालाई तत्कालै वीरगन्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा लगेर भर्ना गरिएको थियो । तर, त्यहाँ उनको स्वास्थ्य अवस्थामा सुधार नभएपछि उनलाई थप उपचारका लागि काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको थियो । त्यही उपचारका क्रममा सोमबार हजराको मृत्यु भएको हो ।

रुंगटाको घरमा गरिएको आगजनीबाट हजरासँगै जलेर गम्भीर घाइते भएका भारतको बिहार राज्यको सुगौली घर भएका १८ वर्षीय विनय यादवको कीर्तिपुर बर्न अस्पतालमै उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएका छ ।

प्रतिक्रिया दिनुहोस्