नेपाली बजारमा सुन र चाँदीको मूल्य इतिहासकै सबैभन्दा बढी

०७  असोज – काठमाडौं, आज मंगलवार नेपाली बजारमा सुन र चाँदीको मूल्य इतिहासकै सबैभन्दा बढी मूल्य कायम भएको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलवार छापावाल सुन तोलामा २ लाख २१ हजार ७ सय रुपैयाँ कायम भएको छ। आज सुनको मूल्य ३ हजार ९ सयले बढेको हो ।

हिजो सोमवार सुन तोलामा २ लाख १७ हजार ८ सय रुपैयाँमा कारोवार भएको थियो ।

 

यस्तै आज मंगलवार चाँदी २ हजार ६ सय ८० रुपैयाँमै कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य हिजो सोमवारको तुलनामा ३० रुपैयाले बढेको हो ।

 

प्रतिक्रिया दिनुहोस्