३ वटा गाडी आपसमा ठोक्किँदा ३१ जना घाइते

६ असोज- हेटौंडा, ३ वटा गाडी आपसमा ठोक्किँदा ३१ जना घाइते भएका छन्। घटना मकवानपुरको हेटौंडा-१९ दारिमटारमा भएको हो ।

तेल बोकेको ट्याङ्कर, मालबाहक ट्रक र यात्रुवाहक बस एक-आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले बताएको छ। घाइते सबैलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।दुर्घटनास्थलमा प्रहरीको टोली खटिएको छ भने घटनाको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्