जेनजी प्रदर्शनमा लुटपाट र आपराधिक कार्य गरेका पक्राउ

६ असोज- काठमाडौं, जेनजी प्रदर्शनमा कालिमाटीस्थित प्रहरी वृत्तमा आगजनी गरेको आरोपमा काठमाडौँ महानगरपालिका वडा नम्बर–१३ घर भएका सचिन खडका उर्फ गोल्डेन पक्राउ परेका छन् ।

३८ वर्षीय खडकाले भदौ २४ मा भएको प्रदर्शनको क्रममा प्रहरी वृत्त कालिमाटीमा आगजनी गर्ने समूहको नेतृत्व गरेका थिए। प्रदर्शनको समयमा आगजनी गरेपछि उनी थ्रिनट थ्री राइफल, खुँडा र खुकुरीसहित कालिमाटी प्रहरी वृत्त अघिल्तिर खुसी मनाइरहेको भिडियो सामाजिक सञ्जालमा भेटिन्छ । उनीविरुद्ध आपराधिक उपद्रव गर्न नहुने कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको छ ।

 

साथै भदौ २४ गते कुपण्डोलस्थित हनुमानस्थानमा रहेको प्रहरी चौकीमा तोडफोड र आगजनी गर्ने दुईजना पक्राउ परेका छन । पक्राउ पर्नेमा सानेपा बस्ने २४ वर्षीया सृष्टी तामाङ र बैतडी, मलौली नगरपालिका-९ घर भई ललितपुरको कुपण्डोल वस्ने २४ वर्षीय धीरेन्द्र चन्द छन् ।

उनीहरूले प्रहरी चौकी तोडफोड र अगजनी गरी त्यहाँ रहेका प्रहरी पोशाक, हतियार र खाद्यान्नका सामान लुटेका थिए । विभिन्न सामाजिक सञ्जालमा त्यसका दृश्यहरुको अध्ययनपछि उनीहरू पक्राउ हुन। उनीहरुले प्रहरी चौकीबाट लुटेका बर्दी लगाएर प्रदर्शन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्