ठुलो मात्रामा लागुऔषध सहित दुई जना पक्राउ

५ असोज- कञ्चनपुर, ठुलो मात्रामा लागुऔषध सहित दुई जना पक्राउ परेका छन्। गड्डाचौकी नाकाबाट गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले लागूऔषधसहित दुई युवालाई पक्राउ गरेको हो।

भीमदत्त नगरपालिका–१० अन्तर्गत व्यारेल जाँचचौकीमा शंका लागी जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८, जानकी टोलका आशिष नेपाली र सोही ठाउँका अर्जुन दमाई रहेका छन्। उनीहरूको साथबाट ७२ थान ब्युप्रेनोर्फिन हाइड्रोक्लोराइड र ९० थान प्रोमेथाजिन हाइड्रोक्लोराइड गरी जम्मा १६२ थान सुई लाग्ने औषधि ९एम्पुल० बरामद गरिएको छ ।

 

दुबै व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्