५ असोज- बुटवल, एक युवती युवकको हत्या अभियोगमा पक्राउ परेकी छन्।
२३ वर्षीय सुनिता केसीले बुटवलका २७ वर्षीय रोहित थापाको हत्या गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको छ। असोज २ गते साँझ बुटवल उपमहानगरपालिका वडा नं. ११ मैना बगर बस्ने थापा र वडा नं। ५ ध्रुव नगर बस्ने केसी बुटवल-२ पाखापानीस्थित भूमि रेस्टुरेन्ट एन्ड लजमा बस्न गएका थिए।
दुई दिन सम्म सोही होटेलमा बसिरहेकोमा शनिबार दिउँसो होटेलकै कोठामा रोहित मृत फेला परेका थिए। मृत भेटिएका रोहितको शब पोस्टमार्टम गरी हेर्दा उनको घाँटी थिचेर हत्या गरिएको पाइएपछि कोठामा सँगै बसेकी सुनिता पक्राउ परेकी हुन।
उनलाई जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्